गरिब हुनु पनि श्राप नै रहेछ-गाडी भाडा समेत नभएपछी

0
50

लास बोकेको दृश्य फिल्म, नाटक वा रंगीन दुनियाँमा देख्दा कत्ति पीडा हुन्छ ? यो प्रश्नको जवाफ दर्शकमा नै सिमित छ । तर, मंगलबार दिउँसो यस्तै वास्तविक घटना घटेको छ । यो नत फिल्मको सुटिङ हो नत सडक नाटक नै । यो त मृतक स्वास्नीको लास बोकेर १२ किलोमिटर टाढा रहेको घरमा पु¥याउने जिउँदो लोग्ने अनि उनकी १२ वर्षिय छोरीको जीवन भोगाई हो ।

भारतको उडिसा राज्यस्थित मेलघर गाविसमा बस्ने दाना माझी मंगलबार सडकमा आफ्नो काँधमाथि कपडाले बेरिएको लासको भारी बोकेर छोरीसंगै कष्टपूर्वक सडकमा दौडिरहका थिए । उनी निकै टाढाको गन्तव्यमा पुग्न हतारिएर हिडिरहेका थिए । चर्को घामले हुुन सक्छ बाबु छोरी दुवैको अनुहार पसिनाले भिजेकोे थियो । यसरी भारी बोकेर हिड्दा पसिना छुट्नुलाई सामान्य तरिकाले हामी बुझ्न सकिन्छ तर बुवाको काधँमाथी कोे भारी देखेर रुमालै छोपेर रुँदै गरेकी छोरीको त्यो हृदयविदारक दृश्यले बुवाले भारी नै बोकिरहेका छन् त ! भन्ने चित्रण गरेको थिएन ।स्थानीय अस्पतालले एम्वुलेन्स उपलव्ध नगराइदिएपछि उनलाई यस्तो विपत्ती आइलागेको थियो ।मगंलबार दिउँसो माझीले छोरी चौला लाई लिएर क्षयरोगले ग्रसित ४२ वर्षिय श्रीमती (अमाङग) लाई ६० कि.मि. टाढा रहेको जिल्ला अस्पताल पु¥याए । त्यतिखेर सम्म श्रीमतीको अवस्था सामान्य नै थियो । मजदुरी गरेर जीवन निर्वाह गर्ने उनीहरु अस्पतालले केहि राहत देला कि भन्ने मनसाय लिएर आएका थिए । जव विरामी स्वास्नीको उपचारका क्रममा नै मंगलबार राती नै निधन भयो त्यसपछि अस्पतालले चाडै त्यो लासलाई अस्पतालबाट निकाल्न भनि आदेश दियो ।म सँग श्रीमतीको मृतक शरिरलाई घर सम्म पु¥याउन पैसा छैन भनि अस्पतालका कर्मचारीलाई घर सम्म पु¥याउने गाडीभाडा उपलव्ध गराइदिन बारम्बार अनुरोध गरे । तर उल्टै अपमानित भए । त्यसपछि उनी अस्पताल प्रशासन प्रमुख बि.ब्रह्मा सँग हारगुहार गर्न पुगे । तर, उनलाई सहयोग गर्नु साट्टो उल्टै गाली बेइजत्ती गरी चाँडै श्रीमतीको लासलाई अस्पतालबाट लैजान अल्टिमेटम दिए । अन्ततः उनको अस्पतालको सामु केही उपाय नलागेपछि श्रीमतीलाई काधँमाथि काठको ठुटा झै बोकी छोरी चौलाका साथ घर तर्फ लागे ।

विरामी श्रीमतीलाई लिएर ६० कि.मी.को यात्रा गरेजस्तो मृतक श्रीमतीलाई काधँमा लिएर हिड्न उनलाई सहज भएन । श्रीमतीलाई दाहिने काधँमा बोकी उनी छोरीको अघि अघि लागे । पछाडी छोरी सानो आवाजले रुँदै हिड्दै थिए । दानाले विच बाटोमा आइपुगेपछि काधँ फेर्न सडकको छेउमा श्रीमतीको लासलाई राखे । त्यस सँगै चौलाले डाँको छोडेर रुन थाले । टण्टलापुर घामले कोही मान्छेहरु सडकमा आवतजावत गरेका थिएनन् । सडकमा हिडिरहेका पनि आफ्नै सुरमा देखिन्थे ।जसोतसो छोरीको रुवाइ सँगै उनी १२ कि.मी. यात्रा असिना पसिनाका साथ तय गरे । त्यति वेला यो एउटा अदृश्य नाटक वा फिल्म हँुदै थियो भन्ने आभास सडकमा हिडिरहेका सर्वसाधारणले सजिलै देखिरहेका थिए । तर जव उनी १२ कि.मी. को दुरी पार गरी आफ्नो गाविस नजिक रहेको कालहाँडीमा आएपछि स्थानीय वासिन्दाको सहयोग पाए । स्थानीय बासीन्दा ब्रुण्डा डि.को सहयोगमा रेडक्रस नामक संस्थाले श्रीमतीको मृत शरिरलाई घरसम्म पु¥याउन २०००० हजार सहयोग गरे सँगै एम्बुलेन्सले घरसम्म पु¥याइदिने कार्य भएको हो ।यस सँगै विहीबार उनको त्यो घट्ना बारे ओडिसा अस्पतालका प्रमुख नवीन पटनैक ले जानकारी पाए सँगै मृतक विरामीका शरिरलाई उनीहरुको घरसम्म पु¥याउने व्यवस्था भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here