नेपालगञ्ज- आफ्नै श्रीमानले मट्टीतेल खनाएर जलाएपछी

0
53
नेपालगञ्ज- आफ्नै श्रीमानले मट्टीतेल खनाएर जलाएपछी

जीवनभर सँगै जिउने मर्ने र दुःखसुखमा साथ दिने कसम खाई झण्डै दुई वर्षअघि विवाह गरी गोरखपुरबाट नेपाल आउँदा सुनिता खटिकले सुन्दर सपना मात्र देखेकी थिइन् ।सानोतिनो विवादमा श्रीमान्ले मृत्युको मुखमा पुर्‍याई भाग्छन भन्ने उनले सोचेकै थिइनन् । श्रीमानले जलाउने प्रयास गर्दा गम्भीर घाइते भएका नेपालगञ्ज नगरपालिका–१२ का २२ वर्षीया सुनिता अहिले काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको शैयामा छट्पटाइरहँदा यस्ता सपना देख्ने हरेक युवतीलाई सशङ्कित बनाउँछ । यता आमा अस्पतालमा असह्य पीडामा रहँदा उता घरमा आमाको काख नपाउँदा उनकी डेढ वर्षीया छोरी तड्पिरहेकी छिन् ।

गएको बिहीबार घरमा सामान्य झगडा भएपछि श्रीमान राजेन्द्रले सुनितालाई मट्टितेलको टुकीले मुखमै हानेका थिए । आगोले उनको छाती माथिको भाग र एउटा हात नराम्ररी जलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here