मत हाल्न पुगेका मतदाताको खल्ती छाम्दा प्रहरी नै चकित !

0
72
मत हाल्न पुगेका मतदाताको खल्ती छाम्दा प्रहरी नै चकित !

मङ्सिर २१, काठमाडौं । सुरक्षाकर्मीले मतदान केन्द्रमा पुगेका मतदाताको शरिर खानतलासी लिने गरेका छन्। मतदान केन्द्रमा लैजान नपाइने सामग्री बोकेका मतदाताका खल्तीबाट सुरक्षाकर्मीले ती सामग्री जफत गर्ने गरेका छन्।

राजधानीका मतदान केन्द्रमा पुग्दा केन्द्र बाहिर त्यस्ता सामग्री जफत गरेर राखिएका देखिए। चुरोट, सुर्तीजन्य पदार्थ, प्रज्वलनशील सामग्री लाइटर सलाँइ लगायत धारिला वस्तु मतदान केन्द्रमा लैजान पाइदैन। धतुजन्य सामग्री पनि मतदाताका खल्तीबाट खालि गरेर मात्र मत हाल्न प्रवेश दिइएको छ।
मत हाल्न पुगेका मतदाताको खल्ती छाम्दा प्रहरी नै चकित !

सर्लाहीमा कांग्रेस र राजपाबीच झडप, एक महिला गम्भीर घाइते

२१ मंसिर, सर्लाही । कौडेना गाउँपालिकाको फुलपरासी बुथमा नेपाली कांग्रेस र राजपा कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा एक महिलासहित तीन जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ ।

भोट खसाल्न लाइनमा बसेका बेला कांग्रेस कार्यकर्ताहरुले राजपा कार्यकर्ताहरुले रोक्न खोजेपछि विवाद भएको थियो । कांग्रेस कार्यकर्ताले राजपा कार्यकर्ता माथि आक्रमण गर्न थालेपछि प्रहरीले झडप नियन्त्रण लिनका लागि चार राउण्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

आक्रमणबाट राजपा कार्यकर्ता सरोज कुमार यादव, मनोज कुमार यादव र रामरती देवी यादव घाइते भएका छन् । कौडेना-३ फुलपरासी निवासी रामरतीको अवस्था गम्भीर छ । उनको उपचार अहिले जिल्ला अस्पताल मलंगवामा भइरहेको छ । घटनास्थलबाट घाइतेहरुलाई प्रहरीले एम्बुलेसमा राखी अस्पताल पुर्या एको थियो ।

झडप पछि केहीबेर मतदान अवरुद्ध भएको थियो । अहिले मतदान जारीरहेको प्रजिअ कटुवालले जानकारी दिए । झडपपछि मतदानस्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । झडप भएको मतदान केन्द्र कांग्रेसको पकड एरिया मानिन्छ ।
मत हाल्न पुगेका मतदाताको खल्ती छाम्दा प्रहरी नै चकित !
मतदान गरेर काठमाडौं फर्किए प्रधानमन्त्री

मंसिर २१, २०७४-प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्वर १ रुवाखोला स्थित असिग्राम माध्यमिक विद्यालय स्थित मतदान स्थलको मतदान केन्द्रमा मतदान गरेका छन् । बिहान साढे १० बजे मतदान गरेर उनी हेलिकप्टरमा काठमाडौं फर्किए ।

कांग्रेसले स्पष्ट बहुमत ल्याउने बताएका छन् । उनले देशभर शान्तिपूर्ण ढंगले चुनाव भइरहेको जानकारी समेत दिए । उनले अस्थायी प्रदेश राजधानी र प्रमुख नियुक्ति राजधानी फर्केलगत्तै तोकिने समेत बताए । प्रधानमन्त्री देउवा १९ गते साँझ देखि डडेल्धुरामा बसेका थिए । प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी बाम गठवन्धनका प्रतिनिधि सभा उम्मेदवार खगराज भट्टले बिहान ९ बजे अजयमेरु गाउँपालिका ४ को उपस्वास्थ्य चौकी मतदान केन्द्र चिपुरबाट मतदान गरे ।

सिके राउत पक्राउ

काठमाडौं– चुनाव विरोधी गतिविधि गरेको आरोपमा सिके राउत पक्राउ परेका छन् । उनलाई बिहिबार बिहान जनकपुरस्थित निवासबाटै पक्राउ गरेको हो । जनकपुरमा उनी भाडाको घरमा बस्दै आएका थिए ।उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याउने काम भएको छ । सिके राउतले मधेसमा भोट बहिस्कार गर्ने अभियान चलाउँदै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here