मामा–भान्जी नाता जनाएर होटलमा बास, ३ दिन सम्म बलात्कार गरेर युवतीलाई बिष खुवायर यसरि हत्या गरे !

0
56
मामा–भान्जी नाता जनाएर होटलमा बास, ३ दिन सम्म बलात्कार गरेर युवतीलाई बिष खुवायर यसरि हत्या गरे !

कालीकोट जान हिँडेकी एक युवतीको विष सेवनबाट मृत्यु भएको भनिए पनि त्यो घटनालाई शंकास्पद ठानिएको छ ।युवतीसँगै ट्रक चालक तीन दिनसम्म दैलेखको खिड्कीजिउलाको आले होटलमा बसेको र १७ गते बिहानको ३ बजे उनले विष सेवन गरेको भन्दै उपचारका लागि सदरमुकाम दैलेख बजार ल्याउँदा बाटोमै मृत्यु भयो ।जिप्रका दैलेखले दिएको जानकारीअनुसार सुर्खेतबाट कालीकोट जानका लागि ना५ख १८८७ नंको ट्रकमा भदौ १४ गते चढेकी मनशोभा न्यौपानेले १७ गते दैलेखको खिड्कीज्यूलाको आले होटेलमा विष सेवन गरेकी थिइन् ।

गाडी चालक लक्ष्मीप्रसाद आचार्यले उनलाई सुर्खेतबाट लगेका थिए । बाटोमा तीनदिनसम्म बसेका कारण उनको बलात्कारपछि हत्या हुन सक्ने भन्दै परिवारले आशंका गरेका छन् । जिप्रका दैलेखमा किटानी जाहेरी मुद्दासमेत दर्ता भएको छ ।अनुसन्धानका लागि जिप्रका दैलेखले ट्रक चालक लक्ष्मीप्रसाद आचार्यलाई पक्राउ गरेको छ । मृतक मनशोभाका बुबा लालु न्यौपानेले हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ बांगेसिमलका ३२ वर्षीय गाडी मालिक तथा चालक लक्ष्मीप्रसाद आचार्यले मामा–भान्जी नाता जनाएर खिड्कीजिउलाको आले होटलमा बसेका थिए ।सुर्खेतबाट कालीकोट पुग्नका लागि एक दिनको समय लाग्छ धेरै ढिलो भएमा बाटोमा बास बसे पनि भोलिपल्ट बिहान पुगिन्छ । तीन दिनसम्म होटलमा राखेका कारण बलात्कार भएको र त्यसपछि हत्याको बहानामा विष सेवन गराइएको हुनसक्ने भन्दै आफन्तले किटानी जाहेरी मुद्दा दर्ता गरेका हुन् ।प्र्रहरीले चालक लक्ष्मीप्रसाद आचार्यको अलवा होटल सञ्चालक कृष्ण आलेमगरलाई पनि सोधपुछका लागि पक्राउ गरेको छ । कर्णाली राजमार्गअन्तर्गतको सडक बिग्रेका कारण विगत पाँच दिनदेखि सडक अवरुद्ध भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here