४ वर्षीया बालिका बलात्कार गर्न खोज्ने युवकको कुटीकुटी हत्या

0
53
४ वर्षीया बालिका बलात्कार गर्न खोज्ने युवकको कुटीकुटी हत्या

टिभी अन्नपूर्ण, काठमाडौं ।४ वर्षीया बालिका बलात्कार गर्न खोज्ने एक युवकलाई भीडले कुटीकुटी हत्या गरेका छन् ।भारतको राजधानी दिल्लीको पूर्वी क्षेत्र पांडव नगर इलाका बालिका बलात्कार गर्न खोज्ने युवकलाई मानिसहरुको भीडले कुटीकुटी हत्या गरेका हुन् । गत बुधबार राती मानिसहरुले पार्कमा एक युवकलाई चार वर्षीया बालिकासँग केही गलत व्यवहार गरिरहेको देखे । युवक नग्न हालतमा थिए मानिसहरुलाई देखेर उनी लुक्न खोजे, भीड आक्रोशित भयो ।

त्यसपछि भीडले ती युवकलाई कुट्न थालिहाले । जबसम्म पुलिस घटनास्थल पुग्यो भीडले उनलाई अर्धचेत बनाइदिएको थियो । आरोपीलाई दिल्लीको जीटीबी अस्पतालमा भर्ना गराइयो जहाँ शनिबार राती उनको मृत्यु भयो ।यद्यपी, पुलिसले आरोपीविरुद्ध बलात्काको मुद्दा दर्ता गरेको छ । मुद्धा दर्ताको तयारी गरेपनि पुलिसले अहिलेसम्म कसैलाई पनि पक्राउ गरेका छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here